पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

समिरजंग शाह । राष्ट्रिय सभाको आजको बैठकले दुुईवटा विधेयक सर्वसम्मतीले पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रस्तुत् गर्नुभएको गर्नुभएको निति अनुषन्धान प्रतिष्ठान विधेयक र अनुगमन तथा मुल्याकन विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताब सर्बसम्मतिले स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा उद्दोग बाणिज्य तथा आपूर्ति  मन्त्रि लेखराज भट्ले स्टाण्डर्ड नापतौल विधेयक र प्रत्यायन विधेयक २०७६ प्रस्तुत गर्नुभयो ।

बैठकमा कृषि मन्त्री घनश्याम भुसालले प्रतिनिधि सभाबाट सन्देश सहित प्रप्त बिउ बिजन र बिरुवा विधेयक २०७५ दफावार छलफलका लागि बिधायन व्यबस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताब सर्बसम्मतिले पारित भयको छ ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी १५ गते साँझ ६ः३० बजे बस्ने छ ।