पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालको मुगुस्थित रिले स्टेशन सुचारु

radionepal

आकाश तारा बयक, सुर्खेत । मुगुको  छायानाथ रारा नगरपालिकास्थित रेडियो नेपालको ‘मुर्मा टप’ रिले स्टेशन मर्मतपछि प्रसारण सुरु भएको छ ।

गत बैशाख १५ गते चट्याङग लागेर अवरुद्ध, एफएम १०० मेगाहर्ज आज मर्मतपछि पुनःप्रसारण सुरु भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिनु भयो ।

चट्याङगले क्षतिग्रत ५ सय वाटको रिले स्टेशनको सोलार सिस्टम र भी–स्याट सिग्नल मर्मतपछि आज दिउँसो ४ बजेदेखि पुनः प्रसारण शुरु भएको उहाँले बताउनुुभयो ।