पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेको नरैनापुर ’निषेधित क्षेत्र’ घोषणा

नवीन गिरी, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकालाई आज राति ८ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना संक्रमितहरु थपिने क्रम बढ्दै गएको नरैनापुरमा सेना परिचालन गरेर अनिश्चितकालका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेकलाई हिंड्डुल गर्न नदिने गरी निषेधित क्षेत्र तोकिएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि पठाउने निर्णय गरेको उपाध्यायले बताउनुभयो ।

कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि नरैनापुर झन् जोखिममा पर्दै जान थालेको छ । भारतबाट स्थानीयहरु आउने क्रम बढ्दै जाँदा क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

नरैनापुरमा मात्रै हालसम्म संक्रमितको संख्या १ सय १४ पुग्दा १ जनाको क्वारेन्टाइनमै मृत्युु भएको भइसकेको छ ।