पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने निर्णय

नवीन गिरी, नेपालगञ्ज । मुलुकमै सबैभन्दा धेरै १ सय १४ जना कोरोना संक्रमित भेटिएको बाँकेको नरैनापुर गाउँपालिकामा सेना परिचालन गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति बाँकेको बैठकको निर्णय अनुसार सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको भैरवनाथ गण राँझाका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिनभुयो ।

कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गर्ने निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिले नरैनापुरमा विशेषज्ञ चिकित्सक सहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि नरैनापुरमा निषेधित क्षेत्र कायम गरिएको खड्काले बताउनुभयो । नरैनापुरमा एकजना कोरोना संक्रमितको मृत्युु समेत भइसकेको छ ।