पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हेटौंडा बजारमा सुर्तिजन्य पदार्थ विक्रि वितरण प्रतिवन्ध

बिश्व अधिकारी, मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा सुर्तिजन्य पदार्थको बिक्री बितरणमा प्रतिबन्ध लगाईएको छ ।

सुर्तिजन्य पदार्थ खाएर बजारका सडक, पेटीमा जथाभावी थुक्ने र प्लाष्टिक फाल्र्दा कोरोना संक्रमण हुन सक्ने भएकाले यसको विक्री वितरणमा रोक लगाइएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

दैनिक रुपमा विहान खाद्यान्नका पसल, अत्यावस्यक पसल, हार्डवयरका पसल खुले पनि सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने पसललाई विक्री वितरणमा रोक लगाइएको प्रमुख महतले बताउनुभयो ।

आजै, मकवानपुर प्रहरीले “औषधि ढुवानी” लेखेको मालबाहक कन्टेनरमा पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको करिब १८ लाख रुपैयाँ बराबरको गुट्खा बरामद गरेको छ ।