घरघर पुगेर स्वास्थ्य परामर्श दिँदै नेकपाका कार्यकर्ता

दयाराम पण्डित, बाजुरा । बुढिनन्दा नगरपालिका वडा नं एक की हरिकमल विक घरकी एक्ली सदस्य हुन् । उनी बिरामीले थला परेको लामो समय भयो । उनलाई घरमा हरिखबर (हेरचाह) गर्ने कोही छैनन् । सन्तानका रुपमा एकमात्र छोरी छिन् । उनिपनि बिबाह गरेर पराइघर गइसकेकी छिन् ।
हिजो आज कोरोना संक्रमणले गाउँ शहर देखि विश्व आक्रान्त छ । उनलाई महिना दिन देखि रुघाखोकी र ज्वरोले सताएको थियो ।
यसैबीच औषधीमुलो र साथमा स्वास्थ्यकर्मी सहित लिएर नेकपा जिल्ला कमिटी सदस्य जनकबहादुर बोहोरा टुप्लुक्क हरिकलाको घरमा पगे । उनका साथामा रहेका दुई जना हेल्थ असिस्टेन्ट (एच ए) दिलिप सिंह र दिलिप बोहरा लगायत सी.एम. ए.पढेकी जुल्मी सिंहले ले हरिकलाको स्वास्थ्यमा चेकजाँच गरे ।
चेकजाँचमा उनको स्वास्थ्य अबस्था सामान्य रहेको परामर्शमा संलग्न स्वास्थ्यकर्मीले जानकारी गराए । उपचार नपाएर घरको दैलोमा पल्टिएकी ति महिलाालई सामान्य स्वास्थ्यपरिक्षण र सिटामोल लगातका औषधी पाउँदा खुशी भएको बताइन् ।
कोरोना संक्रमणका कारण नजिकको स्वास्थ्यकेन्द्र कोल्टीमा समेत जान नसकेकी हरिकलाले घरमै उपचार पाएपछि उनी दंग छिन् । “घरमै आएर मेरो उपाचरामा सहयोग गरेका छन् यिनलाई भवगानले बाटो देउन् ।” उनले भनिन् ।
त्यस्तै बुढिनन्दा नगरपालिको १० वटै वडाका घरघरमा पुगेर सामान्य स्वास्थ्य जाँच तथा परामर्श दिएको टोली नेता एबं नकपा जिल्ला कमिटी सदस्य जनक बोहराले भने ।
नेकपा नेता जनक बोहोरा लगायत उनका साथ पाँच जना स्वास्थ्यकर्मी र नेकपा कार्यकता जनताको स्वास्थ्य परामर्श दिन थालेका छन् । गैह्र सरकारी संस्था लगायत अन्य सुभेच्छुकको सहयोगमा तिसहजार रुपैंया वरावरको औषधी संकलन गरेका थिए ।
उक्त औषधी बोकेर गतसाता देखि बोहरा लगायतका नेता कार्यकर्ता बुढिनन्दा नगरपालिकाका को हस्तालीबाट शुरुगरेर १० वटै वडामा पुगेका हुन् ।
“हुनेखाने वर्गका लागि लकडाउनले त्यति प्रभाव पारेको छैन । सामान्य जनताका लागि लकडाउन हो । १५ दिन सम्म ज्वरो आएर अस्पताल जान पाएका छैनन् । जनताका पेट भोका छन् । स्वास्थ्य चौकीले विरामी भर्ना लिन मान्दैन । स्वास्थ्य चौकीमा गएपनि औषधी टाढाबाट फ्याक्ने गरेको देखियो । त्यसैले संघ संस्थासंग गुहार गरेर तिस हजार रुपिया बाराबरको औषधी सदरमुकामबाट आफैले बोकेर ल्याएको थिएं । त्योपनि सकिएपछि मेडिकल र स्वास्थ्य संस्थासंग जोहो गरेर राहात स्वरुप बिरामीहरुलार्य सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” नेकपा जिल्ला कमीटी सदस्य बोहराले भने ।