पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाह्रबिसे – ९ र बलेफी ७, ८ मा गरिएको सिल फुकुवा

देवराज सुवेदी, मेलम्ची । सुत्केरी महिलाको निधनपछि कोरोना संक्रमणको त्रास नहोस र मानिसको आवतजावत नहोस् भनेर बाह्रबिसे नगरपालिका र बलेफीमा लगाइएको सिल फुकुवा गरिएको छ ।

बाह्रसिसे नगरपालिका वडा ९ राम्चे घर भएकी २९ वर्षीय महिलाको घर भएको ठाउँ वडा नम्बर ९ र बलेफी माइती भएका कारण बलेफीको वडा नम्बर ७ र ८ सिल गरिएको थियो ।

सिल गरेको ठाउँ आजबाट फुकुवा गर्ने जिल्ला कोभिड–१९ विपद व्यवस्थापन समितिले निर्णय गरेको छ । महिलाको सम्पर्कमा रहेका परिवार, स्थानीय र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सिल फुकुवा गरिएको हो ।

यसैगरी जिल्लामा सक्रिय पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुको यही आउँदो १२ गते आरडीटी प्रविधि मार्फत कोरोना परीक्षण गर्ने आजको बैठकले निर्णय गरेको हो ।

पत्रकार महासंघ समन्वयका यो निर्णय गरिएको बताइएको छ ।