पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना अपडेटः विश्वभर ३ लाख २५ हजार बढीको मृत्यु 

radionepal

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार नाघेको छ ।
कोराना भाइरसका कारण विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख २५ हजार ५ सयभन्दा बढी पु्गेको छ भने निको हुनेको संख्या करिब १९ लाख ७९ हजार नाघेको छ । 

कोरोना भाइरस महामारीका कारण जटिल अवस्थाबाट गुज्रिरहेको अमेरिकामा मृतकको संख्या ९३ हजारभन्दा बढी पुगेको छ भने १५ लाख ७१ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । 

यसैगरी, बेलायतमा कोरोना भाइरसका कारण ३५ हजार ३ सय ४१, युरोपेली मुलुक इटलीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २२ र स्पेनमा २७  हजार ७ सय ७८ जनाको मृत्यु भएको छ । 

यसैबीच, छिमेक भारतमा संक्रमितको संख्या १ लाख ७ हजार ८९ पुगेको छ भने ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ ।