पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नयाँ ५३ सहित कुल संक्रमितको संख्या ३ सय ५७

radionepal

केशव ढुंगाना/सरिता खनाल । आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज बाँकेमा ४७ जना तथा मोरङ, धनुषा, रौतहट, दाङ, धादिङ र गुल्मी मा १–१ जना गरी ५३ जनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म २ सय ९८ जना पुरूष र ५९ जना महिलामा संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल सम्म ३० हजार ७ सय २३ जनाको पिसिआर प्रविधिबाट र ६९ हजार ५ सय ६० जनाको आर डि टि विधिबाट परीक्षण गरिएको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ जनाको पिसिआर र १ हजार ७ सय ९१ जनाको आर डि टि विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।