पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गरिमा धान पीडितले स्थानीय तह मार्फत राहत पाउने

ईश्वर साउद, कैलाली । कैलालीमा गरिमा धान रोपेर उत्पादन नहुदा पीडित बनेका किसानहरुले स्थानीय तह मार्फत राहत पाउने भएका छन् । 

धान नपसाएपछि क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दै निवेदन दिएका कृषकले कृषि ज्ञानकेन्द्रमा पठाएको विवरण अनुसार बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हुदै संघिय सरकारको सिफारिसमा पीडित किसानले राहत पाउने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख  रामचन्द्र भट्टले जानकारी दिनु भयो ।

उत्पादन लागतको २० प्रतिशत मात्र राहत स्वरुप किसानहरुले प्राप्त गर्ने  भएकाले  माग निवेदनको आधारमा उक्त  रकम सबै स्थानीय तहमा पठाइएको उहाले बताउनु भयो ।

रकम प्राप्त भएको स्थानीय तहहरुले वितरण शुरु गरेको भएता पनि टीकापुर नगरपालिकामा भने उक्त राहत रकम प्राप्त नभएकोले प्राप्त भए वितरण शुरु गर्ने टीकापुरनगरपालिका कृषि शाखाका प्रमुख तुल्सी राम सुबेदीले बताउनु भयो ।

गत वर्ष कैलालीको टीकापुर नगरपालिकामा ५१ जना, भजनीनगरपालिकामा ३९ जना, लम्कीचुहा नगरपालिकामा १ सय २६जना, गोदावरी नगरपालिकामा १ सय ९९जना, कैलारी गाउँपालिकामा २ सय २४ जना र गौरीगङ्गा नगरपालिकामा ४ सय ३२ गरी एक हजार ७१ जना कृषकले गरिमा जातको धान  रोपेका थिए ।