पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतद्धारा पामतेलको आयातमा रोक

radionepal

भुवनप्रसाद आचार्य । भारतले साफ्टा सुविधा अन्तर्गत नेपालबाट पामतेल आयात गर्ने भारतीय फार्महरुको लाइसेन्स खारेजी गरेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै नेपाल र बंगलादेशबाट पाम तेल पैठारी गर्ने कम्पनीहरुको लाइसेन्स खारेज गरे पछि नेपालबाट भारततर्फ हुने पाम तेलको निर्यातमा पनि समस्या आउन सक्ने देखिएको छ । 

परिपत्रमा नेपाल र बंगलादेशबाट पाम तेल भारत आयातका लागि जारी गरिएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरिएको उल्लेख गरिएको छ ।

भारतले नेपालबाट हुने पाम तेलको कारोबारमा रोक लगाएसँगै नेपालबाट हुने निर्यात समेत प्रभावित हुने उद्योगीहरुले बताएका छन् । यसअघि भारतले गत पुस २२ गते पनि नेपालबाट त्यसतर्फ निकासी गरिने पाम तेलको निर्यातमा रोक लगाएको थियो । उक्त रोकावट पछि माघ २४ गतेदेखि डिजिएफटीले फेरि लाइसेन्स जारी गर्न थालेको थियो ।

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले भारतको निर्णय पछि नेपालको निर्यातमा पर्न सक्ने प्रभावको वारेमा मंगलवार छलफल गरेको छ ।