पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा आरडिटी किटबाट कोरोना परिक्षण शुरु

नवीन गिरी, नेपालगञ्ज । बाँकेमा आजदेखि (र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना परिक्षण शुरु गरिएको छ ।

भारत लगायत अन्य बाहिरी देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा आरडिटी किटका माध्यमबाट कोरोना परिक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका व्यक्तिहरुको परिक्षण गरेर नेगेटिभ देखिएमा घरमा थप ७ दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइने उहाँले जानकारी दिनुभयो ।

पोजिटिभ नतिजा आएमा भने क्वारेन्टाइनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताउनुभयो ।

परिक्षणका लागि जिल्लामा ५ सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ४ सय ९१ जना क्वारेन्टाइनमा छन् ।