पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगलागीबाट लुम्बिनीमा जले चार घर

लुम्बिनी । लुम्बिनीमा आज साँझ आगलागी हुँदा चार घर जलेका छन् ।

पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ । स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहिएर भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
रासस