पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हाल सम्म २८ सय ९५ वटा नमुना परीक्षण

राजेन्द्र विक्रम शाही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउदै लैजाने क्रममा हाल सम्म २८ सय ९५ वटा नमुना परीक्षण भएको जनाएको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३ सय ८२ वटा र उपत्यका बाहीर ५ सय १३ वटा नमुना परीक्षण भएको जनाएको छ ।

आज आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ सय ९३ वटा नमुना परीक्षणको क्रममा रहेकाले आजै नतिजा आउने जानकारी दिनुुभयो ।

प्रवक्ता डा. देवकोटाले प्रत्येक जिल्लामा ४ सय नमुना संकलन गर्ने लक्ष्यका साथ आज देखी डडेलधुरा र बैतडीमा स्वाबको नमुना संकलन कार्य शूूरु भएको जानकारी दिनुुभयो ।

काठमाडौं उपत्यका सहित १० स्थानमा कोरोना परीक्षण भइरहेको र बिराटनगर, जनकपुर, पाटन, बुटवलमा पिसीआर मेसीनबाट परीक्षण गर्ने व्ययवस्था मिलाउन जडानका लागि टोली खटाइसकेको डा. देवकोटाले जनाकारी दिनुुभयो ।

स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुुरबाट संकलन गरीएको ६६ वटा नमुुनाको नतिजा नेगेटिभ आएको जनाएको छ ।

अहिले काठमाडौं उपत्यकामा १८ जना र उपत्यका बाहीर ९९ जना गरी १ सय १७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको तथा ७ हजार ९ सय ४० जना व्यक्ति मुलुकका विभिन्न स्थानमा बनाईएका क्वारेन्टाइमा रहेका मन्त्रालयले जनाएको छ ।

डा. देवकोटाले कोरोना क्वारेन्टाइनमा रहेको व्यक्तिको परीक्षणका लागि प्रत्येक प्रदेशमा ५ हजारका दरले र्यापिड डायग्नोष्टिक टेस्ट किट पठाउनुुुका साथै बागलुुङ, म्याग्दी र पर्वतमा स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम प्रदान गरीएको जानकारी दिनुुभयो ।