पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आपतकालीन अवस्थामा परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

देवराज सुवेदी, सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९)को महामारीको आपतकालीन अवस्थामा आवश्यक पर्दा तत्काल बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमती रद्द गरिने भएको छ ।

हालको आपतकालीन अवस्थामा कतिपय एम्बुलेन्सले सम्भावित संक्रमित बिरामीलाई ओसार पसार गर्न नमान्ने, सम्पर्कमा नआउने गरी बस्ने देखिएकोले प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्ला स्तरीय खोज तथा उद्धार समिति (पि.आर.टी.) को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हालको महामारीको अवस्थामा आवश्यक पर्दा बहानाबाजी गरी तत्काल एम्बुलेन्स गाडी परिचालन नभएको प्रमाणित भए एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम अनुमति रद्द गर्न सोही ऐन बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने बताएको छ ।

जिल्ला स्थित संकट व्यवस्थापन समितिले पनि सो अनुसार प्रमाणित भएमा तत्काल कारवाही गर्ने निर्णय गरेको छ ।