पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

औषधी निर्यात रोक गर्ने निर्णयबाट पछि हट्यो भारत

जापान । अमेरिकाले बदला लिने धम्की दिएपछि औषधी निर्यात रोक लगाउने निर्णयबाट भारत पछि हटेको छ ।

अमेरिकालाई कोरोना भाइरसविरुद्धको औषधी परिक्षण गर्न आवश्यक हाइड्रोसिक्लोरोक्वाइन र मलेरियाविरुद्धको औषधीको निर्यातमा रोक लगाए त्यसको जवाफ भारतले पाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी आएपछि आफ्नो निर्णयबाट भारत पछि हटेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलीफोनमार्फत ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो ।