पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माणः स्वास्थ्य मन्त्रालय

राजेन्द्र विक्रम शाही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार पद्धतीलाई व्यवस्थित ढंगले अगाडी बढाउन आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माण गरेको जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाले व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ),संक्रमण रोकथाम तथा नियन्त्रण, कोरोना उपचार, संक्रमितको निधन भए शव व्यवस्थापन लगायत कार्यका लागि आवश्यक कार्यविधि बनाईएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता डा. हालसम्म २३ सय ६६ वटा नमुना परिक्षण भएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना जना गरी कूल १ सय ३४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो ।

छिटो विधिबाट नमुना परिक्षण गर्ने लक्ष्यका साथ कैलाली र कञ्चनपुरमा उपकरण सहित खटिएको टोलीले हालसम्म १ सय ९८ वटा स्वाबको नमुना संकलन गरेको, अछाम, जुम्ला र सुर्खेतमा ८ सय २ वटा स्बाव संकलन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८ हजार ५ सय ८० जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ताद्धारा जानकारी दिइयो ।