पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिम्मेवारी पूरा हुन्छः नेपाली सेना

अच्युत अर्याल । नेपाली सेनाले कोरोना भाइरसको परिक्षण, उपचार तथा सुरक्षा सम्बन्धि स्वास्थ्य सामाग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने जनाएको छ ।

नेपाली सेनाले आज भिडियो कन्फ्रेन्स मार्फत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले संकटको यस अघिमा आम नेपालीको सुुरक्षामा सेना गम्भिर रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको समन्वयमा गुणस्तरीय सामान ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

प्रवक्ता पाण्डेले सरकारले प्रदान गरेका दायित्व विधि र प्रक्रिया अनुसार पुरा गर्ने नेपाली सेना प्रतिवद्ध रहेको बताउनुभयो ।