पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाद्वारा १० लाख सहयोग

भुवनप्रसाद आचार्य । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जनाएको छ ।

बैकले नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा त्यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन पनि सबैलाई अनुरोध गरेको छ ।