पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अलपत्र परेका नेपाली सुख्खा बन्दरगाहमा

नवीन गिरी, नेपालगञ्ज | भारतबाट आएर नेपालगञ्जका सीमावर्ती गाउँमा अलपत्र परेका नेपालीहरुलाई सुख्खा बन्दरगाहमा राखिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नाकामा फसेका नेपालीलाई नेपाली सुरक्षा अधिकारीसँग समन्वय नै नगरी छोटी नाकाबाट नेपाल पठाएपछि १ सय ५८ नेपाली अलपत्र परेका थिए। छोटी नाका जयसपुरबाट भित्रिएका उनीहरुलाई सुख्खा बन्दरगाहको जमिनमा बसाएर खानाको व्यवस्था गरिएको छ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर ओलीले नाकामा फसेका नेपालीलाई ल्याउन समन्वय भइरहँदा छोटी नाकाबाट भित्रिएको बताउनुभयो । उहाँले सबैलाई एकै ठाउँमा राखेर लगत लिने काम भइरहेको बताउँदै यहीँ क्वारेन्टाइनमा राख्ने वा सम्वन्धित जिल्लामा पठाउने विषयमा छलफल भइरहेको बताउनुभयो।