पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नोबेल शिक्षण अस्पतालद्वारा स्वास्थ्यकर्मीलाई पीपीई को व्यवस्था

कुमोद अधिकारी, विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना  स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पतालले सवै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो ।

संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्स र स्वास्थ्य प्राविधिकहरुलाई पीपीई उपलब्ध गराईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुुभयो ।

बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा हुने र स्वास्थ्यकर्मीबाट पनि बिरामीमा संक्रमण फैलन सक्ने हुनाले जोखिम न्यूनिकरणका लागि पीपीईको व्यवस्था मिलाएको डा.शर्माले बताउनुुभयो । तत्कालका लागि २ सय २५ थान पीपीईको व्यवस्था मिलाएको मिलाएको उहाँले जानकारी दिनुभयो ।
 
अस्पतालले उच्च ज्वरो आएका तथा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको परिक्षणका लागि उपचार कक्ष पनि निर्माण गरेको जनाएको छ ।