पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आकस्मिक सेवा सुचारु राख्न सम्पूर्ण अस्पतालहरुलाई निर्देशन

केशव ढुंगाना । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकस्मिक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरु लाई निर्देशन दिएको छ ।

मन्त्रालयमा आज आयोजित निमित प्रेस व्रिफिङ्का अवसरमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संकटको सबै अस्पतालहरुलाई आ आफ्नो जिम्मेवारी र दायित्व पुरागर्न आग्रह गर्नुभयो ।

प्रवक्ता देवकोटाले कोरोनाको उपचारका लागि तोकिएका डेडिकेटेड अस्पतालहरुले अन्य बिरामी नलिएको र अन्य अस्पतालहरुले ज्वरो तथा रुघाखोकीका बिरामी नलिएको जनगुनासो आईरहेको उल्लेख गर्नुहुँदै त्यसको तत्काल सम्बोधन गर्न र अस्पतालले दिने सबै प्रकारका आकस्मिक सेवालाई सुचारु राख्न निर्देशन दिनुभयो ।

अस्पतालहरुले लकडाउनका कारण जनशक्ति तथा अन्य सामग्रीको अभाव देखाएर बिरामी लिन अस्वीकार गरे मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रवक्ता देवकोटाले बताउनुभयो ।  

प्रवक्ता देवकोटाले कोरोना संक्रमणको आशंकामा राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हाल सम्म ९ सय १७ वटा नमूना परीक्षण भएको र त्यस मध्ये ५ जनामा मात्रै संक्रमण पुष्टि भएको जानकारी दिुभयो ।

यसगरी टेकु अस्पतालमा ५ पाटन ६ र कान्ती अस्पतालमा १ जना गरी जम्मा १२ जनालाई आईशोलेसन बेडमा राखेर उपचार भइरहेको र उनीहरुमध्ये टेकु अस्पतालमा रहेका २ जना बाहेक अन्यको परीक्षण नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

टेकु अस्पतालको आइशोलेसन बेडमा रहेका २ जनामा यस अगाडि नै संक्रमणको पुष्टि भईसकेको छ ।