पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उद्योग वाणिज्य महासंघद्वारा ५० लाख हस्तान्तरण

भुवनप्रसाद आचार्य । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद रकम हस्तान्तरण गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले  ५० लाख बराबरको नगद बुझाउनुका साथै १ करोड बराबरका अन्य सामाग्री  संकलन गरी बुझाउने प्रतिवद्धता जनाएको छ ।

महासंघले उप्रधानमन्त्री इश्वर पोखरेलललाई सिहदरबारमा भेटी सहयोगको ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

आफूहरुले ५० लाख रकम बुझाउनुका साथै १ करोड बराबरका स्वास्थ्य लगायतका अन्य सामाग्री संकलन गरी छिट्टै बुझाउने प्रतिवद्धता जनाएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनु भयो ।

महासंघले मास्क, स्यानिटाइजर, पन्जा, दाल चामल लगायतका खाद्यान्न पनि हस्तान्तरण गर्ने तयारी भएको जनाएको छ ।