पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खाद्यवस्तु ढुवानीका लागि सहजीकरण गरिदिन आग्रह

काठमाडौं । नेपाल चामल, दाल, तेल उद्योग संघले दैनिक उपभोव्य खाद्यास्तु चामल, तेल, दाल लगाएतका अन्य बस्तुहरु एक ठाउंबाट अर्को ठाँउमा पठाउनका लागि सहजीकरण गरिदिन नेपाल सरकारसंग अनुरोध गरेको छ ।

संघले शनिवार विज्ञप्ती प्रकाशित गरी खाद्यान्न ढुवानी प्रणालीलाई निरन्तरता दिन र लकडाउन अवधिभर  ढुवानीलाई  उपभोक्तसम्म पुग्ने  सहज बाताबरणको महसुस गराउन नजी क्षेत्र सदैव गम्भीर रहेको र त्यसका लागि उद्योग निरन्तर संचालनमा आउनु अत्यावश्यक भएकोले तीनै तहका सरकारहरुबाट सहजिकरको लागि अनुरोध गरेको संघले जनाएको छ ।
 
संघले ५ दिनदेखि खाद्य उद्योगमा उत्पादन र ओसार पसार ठप्प भएको अवस्था रहेको उल्लेख गर्दौ श्रमिक तथा कर्मचारी हरुको मनोबल उच्च बनाउन  आवश्यक व्यवस्था हुनुपर्ने, हरेक उद्योग सञ्चालनको लागि दैनिक लगभग एक देखी पाँच लाख सम्म नगद आवश्यक पर्ने हुँदा शहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज बातावरण सिर्जन हुनुपर्ने र स्थानीय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

संघले दैनिक जिवनमा आवस्यक पर्ने वस्तुका उद्योगमा कामगर्ने कर्मचारी, श्रमिक मजदुरको स्वास्थलाई ध्यानमा राखी sanitizer, Mask, social distance लगाएतका सुविधा  उद्योगमा उपलब्ध गराई नेपाल सरकारको सल्लाह सुझाबलाई मध्यनजर गरी अन्य सुधार गर्नु पर्ने भए सरकारसंग सहकार्य गनृ तयार रहेको पनि जनाएको छ ।

विपदको घडीमा उपभोक्ताको हकहितलाई ध्यानमा राखि देशभरका बजारमा सहज आपूर्तिको लागि खाद्य बस्तु उत्पादन गरी नेपाल सरकारसंग सहकार्य गर्दै सम्पूर्ण उद्यमीले देश र जनताप्रतिको जिम्मेवारी सम्झेर काम गर्ने पतिबद्दता समेत ब्यक्त गरेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जानकारी दिनु भयो ।