पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘आइतबारसम्म पिपिई लगायतका सामाग्रीको आपूर्ति हुन्छ’

केशव ढुंगाना । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सी आईतबार सम्मा कोरोनाको परीक्षण उपचारका लागि स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) तथा अन्य सामग्रीको पर्याप्त आपूर्ती हुने जनाएको छ ।

कोरोना प्रकोपको निराकरणका लागि भैईरहेका प्रयासहरूबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङ्का अवसरमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सी आईतबार सम्म आवश्यक उपकरणहरू आईपुग्ने जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले हाल मौज्दात रहेका उपकरणहरूको अधिकतम सदुपयोग गर्न र परीक्षणको दायरा बढाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह समेत गर्नुभयो ।
आवाज.....
प्रवक्ता देबकोटाले कोरोना भाईरस संक्रमणको आशङ्कामा हाल सम्म ८ सय २ जनाको नमूना परीक्षण र तिन जना बाहेक अन्य सबैको नमूनामा संक्रमण नभेटिएको जानकारी दिनुभयो ।

उहाँले पछिल्लोपटक कोरोना संक्रमणको पुष्टि भएका दुबैको अहिले टेकु अस्पतालको आईसोलेसन वार्डमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणको आशङ्कमा अहिले उपत्यकाको टेकु अस्पतालमा ४ जना पाटन अस्पतालमा ६ जना र कान्ती अस्पतालमा ३ जनालाई आईसोलेनस वार्डमा राखिएको छ भने उनीहरूको परीक्षणको नतिजा आउन बाँकी छ ।