पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अत्यावश्यक वस्तुका उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले अत्यावश्यक वस्तुहरुका उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औषधी, स्वस्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध र इन्धन उत्पादन गर्ने सबै उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न सम्बन्धित उद्योगीहरुलाई निर्देशन दिएको हो । 

चैत ११ गतेदेखि १८ गतेसम्म देशभर गरिएको लक डाउनको समयमा अत्यावश्यक सामाग्रीहरु अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले उद्योग सञ्चालन गर्न भनेको हो । त्यस्ता उद्योगहरु सञ्चालन गर्दा उच्च सावधानी अपनाउनु पर्नेछ । यस्ता उद्योगहरुले उत्पादन गरेको सामाग्री बजारमा निर्वाध रूपमा पुर्याउन मन्त्रालयले आग्रह गरेको हो । 

अत्यावश्यक सामान ढुवानी गर्ने व्यावसायी तथा कर्मचारीले कुनै पास लिनु नपर्ने  केही समस्या परेमा आफूलाई सम्पर्क गर्न मन्त्रालयका प्रवक्तmा प्रकाश दाहालले आगैह गर्नु भएको छ ।

यस्तै उद्योगहरुलाई कच्चा पदार्थको मौज्दात राख्न पनि मन्त्रालयले निर्देशन निर्देशन दिएको छ । अत्यावश्यक उद्योग सञ्चालन गर्न उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शलाई सहजीकरण गर्न आग्रह गरेको छ ।