पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘पेट्रोलियम पदार्थको अभाव छैन, आपूर्ति नियमित’

radionepal

भुवनप्रसाद आचार्य । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पेटोलियम पदार्थको अभाव नभएको र आपूर्ति समेत नियमित रुपमा  भैरहेको जनाएको छ ।

मन्त्रालयले दैनिक उपभोग्य खाद्यवस्तु एल.पि.ग्याँस एवं पेट्रोलियम पदार्थको माग, खपत र मौज्दात स्थितिको बारेमा जानकारी दिदै यस्ता वस्तुहरु पाइदैन की भनेर नआत्तिन र धैर्यका साथ सामान जुटाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार मंगलवार सम्ममा चामल १५ मेट्रिक टन बिक्रि भएको र २५ हजार ७ सय २८ मेट्रिक टन चामल मौज्दातमा रहेको उल्लेख गरेको छ । 

मौज्दातमा रहेको चामलले करिव ३ महिनाको देशको माग  धान्न सक्ने अवस्था रहेको पनि आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हाल चिनिको मौजदात ७ हजार ५ सय मेट्रिक टन रहेको र माग अनुसारको आपूर्ति भैरहेको छ । मन्त्रालयले २५ हजार मेट्रिक टन चिनि आयातको क्रममा रहेको र नुनको मौज्दात १ लाख ५९ हजार मेट्रिक टन रेहेको पनि जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाल आयाल निगमसंग हाल डिजेल २ हजार ७ सय ५२ किलो लिटर आपूर्र्ति भएको, २ हजार ७ सय २१ किलो लिटर खपत भएको र ५ हजार ९ सय ४७ किलो लिटर मौज्दात रहेको छ ।

हाल पेट्रोल ५ हजार ३ सय ८० किलो लिटर आयात भएको, ८ हजार ६ सय ३७ किलो लिटर बिक्रि भएको तथा ३४ हजार १ सय ७४ किलो लिटर मैेज्दातमा रहेको पनि जनाइएको छ ।

निगमसंग हाल २ हजार ६ सय ८३ किलो लिटर मट्टितेल र ७ हजार १ सय ७६ किलो लिटर हवाइ इन्धन समेत मौज्दातमा रहेको छ । 

त्यसै गरी हाल खाना पकाउने एलपि ग्याँसको आयत ७ सय मेट्रिक टन भएको, ३१ हजार ४ सय ४४ मेट्रिक टन बिक्रि भएको र मार्च महिनाको कोटा ५० हजार मेट्रिक टन मध्ये ३१ हजार ४ सय ४४ मेट्रिक टन आपूर्ति भै सकेको पनि उल्लेख गरेको छ । 

मन्त्रालयले खाना पकाउने एल पि ग्याँसको आयात पनि नियमित रुपमा भैरहेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनु भयो ।