पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्युत महसुल भुक्तानी अनलाइनमार्फत गर्न सरकारको अपिल

काठमाडौं । सरकारले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न ग्राहकहरुलाई अपिल गरेको छ ।

महसुल काउण्टरहरुमा हुने भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने र लाइन नकाटिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका मन्त्री पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘महसुल काउण्टरहरुमा भिडभाड हुने भएकाले कोभिड–१९ को संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्रहक महानुभावहरुलाई मन्त्री पुनले आग्रह गर्नु भयो । 

मन्त्री पुनले इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध नगर्ने  र जरिवाना पनि नलिइने जानकारी दिनु भयो ।