पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मातहतका संरचना क्वारेन्टाईनका रुपमा प्रयोग गर्न दिने राखेपको निर्णय

अजय बम । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको भौतिक संरचनाहरुलाई क्वारेन्टाईनका रुपमा प्रयोग गर्न दिने भएको छ ।

राखेपले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीविरुद्ध लड्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहितका भौतिक पूर्वाधारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । 

राखेपले रंगशालासहित सातदोबाटो खेलकुद परिसर, मुलपानी क्रिकेट मैदान, किर्तिपुरको टियु मैदान, च्यासल मैदान, सानो गौचरन लगायतका मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।