पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ओलम्पिक सर्न सक्ने जापानी प्रधानमन्त्रीको भनाई

काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक सर्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

केही दिन अगाडी टोकियो ओलम्पिक तोकेको मितिमै गर्न तयार रहेको बताइए पनि प्रधानमन्त्री आवेले सर्न सक्ने बताउनु भएको हो । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले आइतबार टोकियो ओलम्पिक सार्नका लागि आफुहरु लचकता अपनाउने बताएपछि प्रधानमन्त्री आवेको यस्तो प्रतिक्रिया आएको बताइएको छ ।

टोकियो ओलम्पिक जुनको अन्तिम साता र अगष्टको पहिलो साता गर्ने तालिका थियो । तर विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण कतिपय ओलम्पिक कमिटीहरुले खेलाडीले प्रशिक्षण पाउन नसकेको भन्दै सार्नका लागि सुझाव दिएपछि आइओसीले केही लचकता अपनाउन लागेको हो । यस्तोमा आवेको प्रतिक्रिया आएपछि टोकियो ओलम्पिक सर्ने सम्भावना प्रबल बनेको छ ।

टोकियो ओलम्पिकका विषयमा विभिन्न समाचार बाहिर आइरहेका बेला अष्ट्रेलियन ओलम्पिक कमिटीले आफ्ना खेलाडीलाई सन् २०२१ मा ओलम्पिकका लागि तयारी गर्न निर्देशन गरेको छ ।

कोरोनाका कारण अन्तराष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक सार्न सक्ने भन्दै केही लचकता देखाएको छ । यता अमेरिकी ओलम्पिक संघले प्रतियोगिताको मिति सार्न सुझाव दिएको छ भने क्यानडा ओलम्पिकले मिति नसारे आफ्ना खेलाडीलाई प्रतियोगितामा नपठाउने बताएको छ ।

अष्ट्रेलियन ओलम्पिक कमिटीले पनि आफ्ना खेलाडीलाई सन् २०२१ का लागि तयारी गर्न बताएको छ । अष्ट्रेलियन ओलम्पिकले आफ्ना खेलाडीसँगको छलफलपछि आइओसीसँग कुरा गरेको थियो । त्यसपछि खेलाडीलाई २०२१ का लागि तयारी गर्न बताएको हो ।