पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबै बैंक तथा वित्तीय संस्थालाई सेवा सुचारु गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटै वर्गका बैक तथा वित्तीय संस्थाहरुलाई बैकिड सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एक निर्देशन मार्फत बैकिड सेवा सुचारु गर्न भनेको हो ।

सरकारले अत्यवश्यक सेवा बाहेक अन्य सेवा चैत ९ देखि चैत २१ सम्म बन्द गर्न भनेको र बैंकिङ सेवा अत्यावश्यक नै रहेको राष्ट्र बैंकले भनेको छ ।

कोरोनाका कारणले सबै क्षेत्रलाई असर गरे पनि सकेसम्म कम कर्मचारीबाट सजग रही सेवा सूचारु गर्न भनेको हो ।

साथै राष्ट्र बैंकले सबै सेवा सुचारु गर्दा कर्मचारीहरुलाई कोरोनाबाट बच्ने उपायहरु अपनाउन पनि भनेको छ ।