पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘ओलम्पिक टर्च’ जापानमा

काठमाडौं । जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ‘ओलम्पिक टर्च’ जापान आईपुगेको छ ।

विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान ल्याईएको हो । जापानको ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । 

जुन क्षेत्र सन् २०११ को भूकम्पले प्रभावित क्षेत्र हो । चीनबाट फैलिएको कोरोनाको कारण ओलम्पिक खेलकुद अन्योलमा रहेपनि टर्च जापान ल्याईएको हो ।

यस वर्षको ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । जापानले भने टोकियो ओलम्पिक निर्धारित समयमै हुने बताउदै आएको छ ।