पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम स्वागतयोग्य’

सुरेन्द्रमणी त्रिपाठी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालय बैठकले कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम स्वागत योग्य भएको बताएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सचिवालय बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितीको एसइइ परिक्षा रोक्ने निर्णय स्वागत योग्य रहेको निष्कर्ष निकालेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुुभयो ।

बैठकले पार्टी, प्यालेस, भेला, सभा सम्मेलनको आयोजनामा रोक लगाउने र २५ जना भन्दा बढी भेला हुन नपाउने गरी समितीले गरेको निर्णय स्वागत योग्य रहेको बताएको प्रवक्ता श्रेष्ठले बताउनुुभयो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्योरोपण सफल भएकोमा बधाई दिदैं स्वाथ्य लाभको कामना गरेको छ ।