पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘कोरोना भाइरसको जोखिम सामना गर्न सरकारलाई सम्पूूर्ण साथ’

radionepal

काठमाडौं । नेपाली काँग्रेसले कोरोना भाइरसको जोखिम सामना गर्न सरकारलाई सम्पूूर्ण साथ र सहयोग रहने जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज एक अपिल जारी गर्नुहुुदै कोरोना भाइरसको जोखिम कम गर्न युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारीता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारले गम्भीर भएर कार्य गर्नुुपर्ने बताउनुुभयो । 

सम्भावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरुदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने अपिलमा औल्याइएको छ । 

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा गरिबीको रेखामुनि रहेका, न्यून आय भएका र  दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई समस्या हुने भन्नुुहुुँदै सभापति देउवाले उनीहरुका लागि राहतको योजना ल्याउन सरकारसंग माग गर्नुभएको छ ।