पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेशका मुख्यमन्त्रीसहित छलफल जारी

radionepal

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अहिले सात वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुसँग छलफल गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भईरहेको बैठकमा सात प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यससम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भइरहेको हो ।

उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा भईरहेको बैठकमा केन्द्र सरकारका मन्त्रीहरुका साथै विभिन्न मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुनुहुन्छ ।