पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वरिष्ठ लेखक भण्डारीको मृत्यु

काठमाडौं । वरिष्ठ लेखक तथा प्राध्यापक डा. दुर्गाप्रसाद भण्डारीको ८४ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ ।

अल्जाइमरर्सबाट पिडित उहाँको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

नेपाली, अंग्रेजी, डोटेली साहित्यमा कलम चलाउनु भएका प्राध्यापक भण्डारीका रोदी र फूल, त्यो धर्ती त्यो आकाश, मृगस्थली, निरो बाँसुरी बजाइरहेछ लगायतका कृति प्रकाशित छन् ।