राप्रपाको एकीकरण सम्पन्न
भुषण पोखरेल । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबिच आज एकता भएको छ ।
काठमाडौमा आज आयोजित एकता भेलामा पार्टी अध्यक्षहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले अब सामुहिक नेतृत्वका साथ पार्टी अगाडी बढ्ने बताउनुभयो ।
उहाँहरुले कार्यकर्ताहरुलाई नेताको पछाडी नभई नीतिको पछाडी लाग्न निर्देशन दिनुभयो ।
अध्यक्ष त्रयले धार्मिक स्वतन्त्रता सहितको हिन्दु धर्म र संवैधानिक राजसंस्था पार्टीको नीति रहेको बताउनुभयो ।
उहाँहरुले नेपाली काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह नगरेका कारण सत्तापक्ष भ्रष्ट्राचार र निरंकुश बन्दै गएको आरोप लगाउनुभयो ।
एकता सभामा पार्टी अब तीन अध्यक्षको सहमतिका साथ अगाडी बढ्ने जानकारी गराईएको थियो ।