पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारलाई सफल बनाउनु कार्यभारः प्रवक्ता श्रेष्ठ

रासस । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । 

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहमा प्रवक्ता श्रेष्ठले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।