पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जरुरी काम बाहेक बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन(विज्ञप्तिसहित)

radionepal

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले अत्यावश्यक काम बाहेक अन्य कामकालागि बाहिर ननिस्कन काठमाडौबासीलाई आग्रह गरेको छ ।

बिहीबार एक बिज्ञप्ती प्रकाशित गरी कार्यालयले उक्त आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जनकराज दाहालले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर अर्को निर्णय नभएसम्म अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको जानकारी दिनुभयो ।