पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीको शल्यक्रिया सफल, नयाँ मिर्गौलाले काम गर्न थाल्यो

radionepal

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ।

त्रिवि शिक्षण अस्पतालमा आज बिहान १०ः०० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताउनु भएको छ । उहाँको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा.ज्ञवालीले बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ ।  प्रा. डा.  ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नु भएको हो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।