पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साहित्यले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छःमन्त्री भट्टराई 

radionepal

अच्युत अर्याल । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगिताको आज काठमाडौंको आरुवारीमा उद्घाटन गर्नुहँदै मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताउनुभयो । मन्त्री भट्टराईले आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा वागमती प्रदेशका भौतिक, पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो । 

प्रतिनिधि सभा सदस्य कृष्ण राईले साहित्य मार्फत चेतनाको स्तरवृद्धि हुने बताउनुभयो ।