पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इटहरीमा ५० सैय्या क्षमताको सैनिक अस्पताल सञ्चालनमा

काठमाडौं । सुनसरीको इटहरीमा नवनिर्मित ५० सैय्या क्षमताको सैनिक अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

नवनिर्मित अस्पतालको आज उद्घाटन गर्नुहुँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिबारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण गरिएको जानकारी दिनुभयो ।

अस्पतालमा जनरल ओ.पि.डि, मेडिकल ओ.पि.डि, डेण्टल, प्याथोलोजी, ई.एन.टी, गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र ओ.टी लगायतका सेवाहरु सञ्चालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।