पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लिबर्टी इनर्जीले आयोजना प्रभावितलाई आइपिओ बिक्री गर्ने

काठमाडौं । लिबर्टी इनर्जीले आयोजना प्रभावितहरुलाई पहिलो चरणमा  १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले शुब्रबार आह्वान पत्र सार्वजनिक गरी साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएको हो । 

प्रकाशित विवरणअनुसार कम्पनीले पहिलो चरणमा लमजुङका आयोजना प्रभावितका लागि १५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर यही फागुन २७ गतेदेखि बिक्री गरिने छ । आयोजना प्रभावितलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो । 

प्रतिकित्ता १०० का दरले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने विवरणमा समावेश छ । 

कम्पनीले २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।