पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१७ वटा भन्सार नाकाबाट निर्यात न्यून

काठमाडौं । मुलुकको अन्तराष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून भएको पाइएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरण अनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ ।

विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर (नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली (कपिलवस्तु), तातोपानी, ठाँडी (सिरहा) भन्सार लगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ । 

विभागको विवरणअनुसार वीरगञ्जबाटै निर्यात बढी भएको देखिएको छ । सो भन्सारबाट चालू आर्थिक वर्षको सात महिनामा २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । 

यस्तै भैरहवा भन्सारले १८ अर्ब ४८ करोड ४१ लाख बराबरको निर्यात गरी द्रोस्रो भएको छ भने तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात गरेको भन्सार विभागले जनाएको छ ।