पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिनी ग्रिड विशेष कार्यक्रमको शुभारम्भ

radionepal

काठमाडौं । सरकारले उज्याले नेपाल अभियान अन्र्तगत मिनी ग्रिड विशेष कार्यक्रमको शुभारम्भ गरेको छ ।

शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले कार्यक्रमको शुभारम्भ गर्नु भयो ।

कार्यक्रम अन्र्तगत विद्युतीकरण हुन नसकेका स्थानहरुमा विद्युतीकरण गरी सबै क्षेत्रमा विद्युतको पहूँच पुर्याउने लक्ष्य रहेको छ ।

बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले कार्यान्वयन गर्ने कार्यक्रम अन्र्तगत आगामी ३ वर्षमा ३०० मिनि ग्रिड सञ्चालन गरी राष्ट्रिय प्रसारण पुग्न नसकेका क्षेत्रमा विद्युतीकरण गरिने छ ।

कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशको हुम्ला र मुगुमा सौय उर्जाका १२ वटा  मिनि ग्रिड सञ्चालन सम्बन्धमा शुक्रबारै दुई गाउपालिकाहरुसँग वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले सम्झैता समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उन्यालो नेपाल कार्यकम्र अन्र्तगत यस वर्ष मात्र ४० जिल्लाहरुलाई पूर्ण विद्युतीकरण गर्ने बताउनु भयो । उहाँले यस वर्षका लागि कम्तीमा २ सय मिनि ग्रिड सञ्चालन गर्ने गरी ३७ करोड बजेट विनियोजन गरेको बताउनु भयो ।

कार्यक्रममा सुदुर पशिचम प्रदेशका कानुनमन्त्री प्रकाश बहादुर शाहले राष्ट्रिय प्रसारण लाईन नपुगेको स्थानमा मिनिग्रिडले एजालो बनाउन मद्दत गर्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले उज्याले नेपाल कार्यक्रम अन्र्तगत आगामी ५ वर्षमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र मार्फत १ सय २७ मेघावाट विद्युत उत्पादन गर्ने योजना रहेको बताउनु भयो ।