पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘वित्तीय स्थायित्व कायम गर्न मिलेर काम गर्नुपर्छ’

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा वित्तीय स्थायित्व कायम गर्न सबै मिलेर काम गनू आवश्यक भएको बताउनु भएको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तराष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्व कायम गर्ने कामलाई पनि एकैसाथ अगाडि बढाएको बताउनुभयो । 

अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उठेका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरणमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै पछिल्लो समय छायाँ बैंकिङ मौलाएको बताउनुभयो । 

सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले पछिल्लो समय बैंकले कृषि, ऊर्जाजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाएको जानकारी दिनुभयो । 

उहाँले उत्पादकत्व क्षेत्रमा लगानी बढ्यो भने व्यापार घाटा कम भई मुलुकको अर्थतन्त्रमा स्थायित्व बढ्ने बताउनुभयो ।