पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोजक माईभ्याली सेमिफाइनलमा

radionepal

इलाम । आयोजक टोली माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पूर्वी पहाडको प्रतिष्ठित प्रतियोगितामा शुक्रबार भारत सिक्किमको ग्यान्टो फुटबल क्लबलाई २–० ले हराउँदै आयोजक अन्तिम आठमा पुगेको हो ।

इलामको ठूलो टुँडिखेलमा भएको खेलमा टोलीलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडी जोर्डन ओबानाले गरे । सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले भारतको मोहम्मडम फुटबल क्लब कोलकाताको सामना गर्नेछ ।

जोर्डनले पाँचौ मिनेटमै गोल गर्दै आयोजकलाई सुरुवता अग्रता दिलाएका थिए । उनले अर्को गोल इन्ज्युरी समयमा गरेका थिए । दोस्रो हाफमा निकै आक्रमक खेल खेलेको सिक्कमले विना गोल पहिलो खेलबाटै बाहिरिएको छ । 

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । 

माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । 

फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ ।