पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यक्तिको नाममा दर्ता हुन पुगेको दुई सय ८४ बिघा सरकारी जग्गा फिर्ता

radionepal

तुलसी सापकोटा
काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिभिन्न जिल्लामा व्यक्तिको नाममा दर्ता हुन पुगेको दुई सय ८४ बिघा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता गरी नेपाल सरकारको नाममा कायम गरिएको जनाएको छ ।

गत दुई वर्षमा भएका कामहरुको विषयमा जनाकारी दिन आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री पद्माकुमारी अर्यालले बिभिन्न समयमा व्यक्तिका नाममा दर्ता भएका सार्वजनिक जग्गा फिर्ता गर्ने काम तिव्र रुपमा भईरहेको बताउनुभयो ।

मन्त्री अर्यालले हालसम्म मुक्त कमैया र मुक्त हलिया व्यवस्थापनको काम अन्तिम चरणमा पु¥याएको, सुकुम्बासी समस्या समाधान गर्न कानुन बनाएर सुकुम्बासी आयोग निर्माण गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिनुभयो ।

मन्त्रालयले नाप नक्साको क्षेत्रमा लाइडर नापी अत्याधुनिक प्रविधि सुरुवात गरिएको, नेपाल भारतका एक हजार ९३ सीमा स्तम्भ निर्माण र आठ सय ९० सीमा स्तम्भ मर्मतसम्भार गरिएको जनाएको छ ।

यस्तै गत दुई वर्षमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणका लागि सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षण सम्बनधी जाँचबुँझ आयोग गठान गरी काम अगाडी बढाएको, छरिएर रहेका भूमिसम्बन्धि बिभिन्न ऐनहरु समेटेर एकिकृत भूमि ऐन तर्जुमाको कार्य प्रारम्भ गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

पहिलो पटक आफ्नै स्रोत र जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन कार्य सम्पन्न गरी संङ्कलित डाटा प्रशोधनको कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले सहकारी नियमावली २०७५ जारी गरिएको र २६ जिल्लाका तीन लाख ९१ हजार आठ सय ३१ परिवारको गरिव घरपरिवार परिचयपत्र तयार गरिएको पनि जनाएको छ ।