पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सदाचार र नैतिकता प्रवर्द्धनमा साहित्यको भूमिका महत्वपूर्ण’

radionepal

जगत साउद, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यले समाजका विकृति र बिसङ्गती औल्याउदै सदाचार र नैतिकता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

‘विश्व नेपाली साहित्य महोत्सव’को आज कैलालीको धनगढीमा उद्घाटन गर्नुहुदैं राष्ट्रपति भण्डारीले नेपाली कला, संगीत, भाषा, साहित्यबाट विविधताबिचको एकतामा बल पुगेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदाको धनी सुदुरपश्चिम प्रदेश समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले विश्व साहित्य महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुरयाउने बिश्वास ब्यक्त गर्नुभयो ।

महोत्सवमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सासंद नारदमुनी राना, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका प्रमुख नृप ओड, शताब्दी पुरुष सत्यमोहन जोशी लगायतले महोत्सवले नेपाली भाषा,कला, साहित्य र संस्कृतिको विकासमा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसअवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीलाई १ लाख ११ हजार रुपैया नगद र सम्मानपत्र सहित सम्मान गर्नुभयो । 

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित लगायतका व्यक्तिहरुलाई पनि त्यस अवसरमा सम्मान गरियो ।

यही फागुन २० गतेसम्म चल्ने महोत्सवमा नेपाल सहित विभिन्न देशका गरी ५ सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको मुूल आयोजक समारोह समितिका संयोजक यज्ञराज उपाध्यायले जानकारी दिनुभयो ।