पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ सम्पन्न

खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साँढे एक करोड बढी कारोबार गर्दै सकिएको छ । 

गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा एक करोड ५३ लाख बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएका छन् ।

महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट साढे एक करोड भन्दा बढी कारोबार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।